इजराली आक्रमणपछि इरानको राजधानी तेहरान अस्तव्यस्त

असार २, २०८२ | काठमाडौं

तीन दिनदेखि जारी इजरायली आक्रमणका कारण इरानको राजधानी तेहरानको अवस्था अस्तव्यस्त बनेको छ । 

मानिसहरु शहर छाडेर भाग्न थालेका छन् । शहरका पेट्रोल पम्पमा कारहरुको लामो लाइन लागेको छ । मानिसहरु डराइरहेको र शहर छाडेर बाहिर जाने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 इजरायलको आक्रमणका कारण तेहरानमा २ सयभन्दा बढीको मृत्यु भइसकेको छ । सर्वसाधारण बमबारीबाट बच्नका लागि कुनै सुरक्षित खोजिरहेका छन् । सैयौं मानिसहरु तेहरानबाट क्यास्पियन सागरतर्फ गइरहेको बताइएको छ । यो क्षेत्र दुर्गम र शान्त मानिन्छ तर बाटोमा अत्यधिक जामका कारण त्यहाँ जान पनि मुस्किल भएको स्थानीयले बताएका छन् । हतियार बनाइने क्षेत्रमा बस्नेहरुलाई तत्काल ठाँउ खाली गर्न इजरायलले चेतावनी दिएको छ ।


प्रतिक्रिया