संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

फाल्गुन २६, २०७८

संखुवासभाको मादी नगरपालिका ६ को पुलुङस्थित सात घुम्तिमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मादीबाट झापाको दमक जादै गरेको बस आज बिहान दुर्घटनामा परेको हो । घटनास्थलबाट ५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुबेदीले बताउनुभयो । उहाँका अनुसार स्थानीय डम्बरबहादुर बस्नेतका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, वलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।

दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको छ । उनीहरुको पहिचान खुल्न भने बाकी छ । स्थानीयका अनुसार करिब बसमा १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । अहिलेपनि उद्धारकार्य जारी रहेको डिएसपी सुबेदीले बताउनुभयो । 


प्रतिक्रिया