सार्वजनिक बसमा सिसीक्यामेरा राख्न व्यवसायीलाई गृह मन्त्रालयले निर्देशन

श्रावण ३१, २०८१ | काठमाडौं

सार्वजनिक यातायातमा अनिवार्य रुपमा सिसी क्यामेरा र जीपीएस प्रणाली राख्न व्यवसायीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । 

गत असार २८ गते चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरर्गत सिमलताल पहिरोमा बेपत्ता दूई बसबारे अनुसन्धान गर्न बनेको अध्ययन कार्यदलले दिएको सुझाव प्रतिवेदन अनुसार गृहले सो निर्देशन दिएको हो । 

गृह मन्त्रालयले सार्वजनिक बसमा लागू हुने गरि अनलाइन टिकटको व्यवस्था मिलाउन, यात्रुहरूलाई अनिवार्य टिकट काटेर यात्रा गराउन, लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीले कम्तिमा दुई जना चालक राख्ने व्यवस्थाको अनिवार्य पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ । 

 कार्यदलको सुझाव प्रतिवेदन कार्यान्वयन गर्न भन्दै मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई विभिन्न १२ बुँदा सहितको निर्देशन दिएको हो । 

गृहको निर्देशनमा सार्वजनिक सवारी साधन चलाउने चालक र सहचालकलाई रोजगार सम्झौता अनिवार्य गर्नुका साथै न्यूनतम तलब, ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्न समेत भनिएको छ ।   


प्रतिक्रिया