नवलपरासीमा अबरुद्ध पुर्व पश्चिम राजमार्ग एकतर्फी खुला

असार ४, २०८२ | काठमाडौं
नवलपरासीको दुम्किवासस्थित विनयी खोलामा निर्माण गरिएको डाइर्भसन बगाएपछि अबरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । निरन्तरको वर्षापछि आएको बाढीका कारण केहिदिन अघि मात्रै बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अबरुद्ध भएको थियो ।
पछिल्लो ३ साताको अवधिमा डाइभर्सन बगाएको यो चौंथो पटक हो । यसअघि हिजो मात्रै निर्माण गरिएको डाइभर्सन बाढीले बगाएकोमा आज पुनः निर्माण सकिएसँगै आज मध्यान्हबाट सवारी साधन गन्तव्य तर्फ लागेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यसैबीच, पहिरोका कारण अवरुद्ध बेंसीसहर–चामे सडक सञ्चालनमा आएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, च्याम्चे नजिकै पहिरोका कारण अवरुद्ध भएको सडकखण्ड सुचारु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । सो सडक भएर यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
प्र