स्याङ्जामा ६० प्रतिशतले गरे मतदान

मंसिर ४, २०७९ | स्याङ्जा

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयलका प्रमुख गुरुप्रसाद मरासिनीले करीब ६० प्रतिशत मत खसेको जानकारी दिनुभयो । कार्यालयका अनुसार अघिल्लो निर्वाचनमा भन्दा यसपटक कम मत खसेको छ । 

मरासिनीका अनुसार राजनीतिमा वितृष्ण, उम्मेदवारमा नयाँ अनुहार नआउनु र आफ्नै चुनाव चिन्हमा मत दिन नपाउनुका कारण पनि मतदाता मत दिन उत्साहित नभएका हुन् । स्याङ्जाका कुनै पनि मतदान केन्द्रमा उत्साहपूर्वक मतदान देखिएन् । यस्तै, चापाकोट नगरपालिका–१ स्थित भानु माविमा रहेको मतदानस्थलमा दलका प्रतिनिधिबीच विवाद हुँदा केही समय मतदान स्थगित भई पुन: सञ्चालन भएको थियो ।

 वालिङ नगरपालिका–६ स्थित एक्लेपिपल मतदान स्थलमा प्रतिनिधि सभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेको भन्दै केही समय मतदान स्थगित भई पुुन: सर्वदलीय वैठकपछि सञ्चालन गरिएको थियो । चापाकोटमा भने कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले एक राउण्ड वाई फायरिङ समेत गरेको थियो । 


प्रतिक्रिया