महोत्तरीको बर्दिवासमा प्रथम सडक खाना महोत्सव सुरु

फाल्गुन ५, २०८० | महोत्तरी

महोत्तरीको बर्दिवासमा प्रथम सडक खाना महोत्सव सुरु भएको छ । 

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको महोत्सवले मधेसका रैथाने खानाको प्रचार गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ महोत्सव सुरु भएकको संघका अध्यक्ष गुन्ज बहादुर कार्कीले जानकारी दिए ।

शनिवारबाट सुरु भएको सडक खाना महोत्सवको बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले उद्घाटन गरेका हुन् । महोत्सवमा आउने आन्तरिक तथा बाहृय पर्यटकलाई मधेशको पहिचान दिने रैथाने भोजन सँगै तारे होटलमा पाउने परिकार पनि एकै ठाउँमा खुवाउन सकिने व्यवस्था गरिएको छ ।

महोत्सव स्थल बर्दिवासबाट बीपी राजमार्ग तर्फको करिब साढे ५ सय मिटर सडकमा ५० वटा खानाका स्टल राखिएको छ । महोत्सवमा राखिएका स्टलमा मधेसका ८ वटै जिल्लाका रैथाने खानाहरु संगै कढि, वरी,तरुवा, सप्तरी बरमझियाको पेडा, विभिन्न स्वादका १६ स्वादका चिया,विभिन्न प्राविधिक विद्यालयका खाना स्टल समेत राखिएको महोत्सवका संयोजक अमित बस्नेतले बताए ।

महोत्सवस्थलमा सांस्कृतिक कार्यक्रमसँगै खाजा खानामा ४० प्रतिशससम्म छुट रहने आयोजकले जनाएको छ ।  


प्रतिक्रिया