मधेश प्रदशेका मुख्यमन्त्री सिंहले आगामी शुक्रबार विश्वासको मत लिने

असार १४, २०८१

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार सिंहले विश्वासको मत लिन लाग्नुभएको हो । 

२२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने समयसीमाका कारण मुख्यमन्त्री सिंहलाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अबस्था छ । तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त गर्न नसकेपछि जनमत पार्टीका सिंह बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका गरी ५५ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । 


प्रतिक्रिया