निर्माण भएको तीन वर्षमा पनि संचालनमा आएन कावासोतीको भ्यु टावर
कार्तिक १३, २०८१ | नवलपुर
पूर्बी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १ बालुवाडाडांमा निर्माण भएको भ्यु टावर संचालन नहुँदा जिर्ण बन्दै गएको छ । निर्माण सम्पन्न भएको तीन वर्षसम्म पनि नगरपालिकाले भ्यु टावर संचालन नगर्दा लाखौ रुपैयाँ खर्चिएको संरचना जिर्ण बन्दै गएको हो ।
पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले निर्माण गरेको टावर कार्यविधी र संचालनको जिम्मा कसलाई दिने भन्ने विषयमा एकिन नहुँदा टावर अहिले अलपत्र अवस्थामा रहको हाम्रा सहकर्मीले जनाएका छन् । ६८ लाख रुपैयाँ लागतमा ६० फिट अग्लो टावर निर्माण गरिएको छ । पहिरो रोक्नका लागि सोही टावरलाई सुरक्षित बनाउन थप १० लाख समेत लगानी गरीएपनि टावर संचालनमा आएको छैन ।