चितवन महोत्सव सुरु

रेडियो कान्तिपुर संवाददाता

पुस २५, २०७५ | चितवन

– पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर १२ औं चितवन महोत्सव सुरु भएको छ । महोत्सवको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाले आज उद्घाटन गर्नुभयो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर गर्दै जिल्लामा छरिएर रहेका पर्यटकीय गन्तव्यको पहिचान गरी महोत्सव मार्फत प्रचारप्रसार गरिने आयोजक उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।

माघ ४ गते सम्म चल्ने महोत्सवमा ८ वटा विशेषसहित ५ सय ७०  स्टल राखिएको महोत्सव मुल समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो । महोसत्वको अवसरमा  जिल्लाका सातै स्थानीय तहका ५० पर्यटकीय स्थल समेटेर पर्यटक गाइड पनि प्रकाशन भएको छ । पाँच लाख दर्शकले अवलोकन गर्ने र २५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।

 


प्रतिक्रिया