आर्थिक वर्षको बेरुजुका विषयमा लेखा समितिले छलफल गर्ने

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ८, २०७५ | काठमाडौं

- प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विभिन्न आर्थिक वर्षको बेरुजुका विषयमा छलफल गर्न सरकोरवालालाई बोलाएको छ । महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको विभिन्न वार्षिक प्रतिवेदनमा उल्लेखित बेरुजुका विषयमा छलफल गर्न सरोकारवालालाई बोलाएको समितिले जनाएको छ ।

विहान ११ बजे बस्ने बैठकमा  छलफलका लागि सार्वजनिक संस्थानका पदाधिकारीलाई पनि बोलाएको समिति सचिवालयले जानकारी दिएको छ । पछिल्ला आथिृक वषर्एहरुमा बेरुजु बढ्दै गएपनि प्रतिनिधि सभाको अर्थ समितिले पनि यसअघि सो विषयमा छलफल गरेको थियो । 


प्रतिक्रिया