१ सय माथिका भारतीय रुपैयाँ प्रयोगमा प्रतिबन्ध

माघ ६, २०७५ | काठमाडौं
सरकारले १ सय रुपैयाँ भन्दा माथिका भारतीय रुपैयाँ चलन चल्तिमा प्रतिबन्ध लगाएको छ । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको कुनै कारोबार नगर्न सर्वसाधरणलाई आग्रह गरेको हो ।
५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाउदै भारतले २ सय, ५ सय र १ हजार दरका नया नोट चलनमा ल्याएको छ । यद्यपि, नेपालमा भएका प्रतिबन्धित ५ सय १ हजार दरका भारतीय रुपैया हालसम्म पनि साटिएको छैनन ।
ठूला नोट चलाउन प्रतिबन्ध लगाए पनि १ सय र सो भन्दा कम दरका भारतीय नोट तथा मुद्रा भने चलाउन सकिने राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुङगानाले बताउनुभयो ।
यसैबीच, विदेशमा कमाएको पैसा कारोबार भएको १५ दिनभित्र नेपाल ल्याइसक्न पनि केन्द्रीय बैंकले निर्देशन जारी गरेको छ ।
ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गो कुरियर एजेण्ट, होटल लगायतका संस्थाहरुले विदेशबाट भुक्तान लिएका रकम विदेशी मुद्रा कारोबार भएको १५ दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा पठाउन निर्देशन दिएको हो ।