अटो मोबाइल क्षेत्रमा दक्ष कामदार अभाव

माघ ४, २०७६ | काठमाडौं

सवारी साधनको संख्यामा तीब्र रुपमा विस्तार भएपनि यस क्षेत्रलाई बुझेका दक्ष प्राविधिकको चरम अभाव रहेको सरकारी अध्ययनले देखाएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी अन्तर्गतको प्राविधिक प्रशिक्षण प्रतिष्ठानले गरेको अनुसन्धानमा मुलुकभर २८ लाख बढी सवारी साधन भएपनि त्यसको मर्मत सम्भारका लागि जम्मा २० हजार जनशक्ति परिचालित छन् । 

प्राविधिक प्रशिक्षण प्रतिष्ठान दक्ष प्राविधिक उत्पादनका लागि प्रशिक्षकलाई तालिम प्रदान गर्दै आएको संस्था हो । हाल सम्म ३० हजार प्रशिक्षकलाई तालिम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । 

वर्तमान अवस्थामा एक जना प्राविधिकले सरदर एक सय ४० सवारी साधन मर्मत गर्नुपर्ने हुन्छ । सवारी साधनको संख्या क्रमिक रुपमा बढ्दै गएसँगै दक्ष कामदारको माग पनि बढ्दो भएको प्रतिष्ठानले जनाएको छ । 

यो अनुपातले आगामी दशक भित्र थप २० हजार कामदारको माग बढ्न सक्ने कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी कोइका नेपालले प्रक्षेपण गरेको छ । 

कोइका, नेपालको प्राविशिक शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको संस्था हो । सीटीईभीटी अन्तर्गतको ३ वर्षे डिप्लोमा तथा १८ महिलो टीएसएलसी कार्यक्रम अन्तर्गत करीब १ सय जना जनशक्ति अटो मोबाइल क्षेत्रमा उत्पादन हुँंदै आएका छन् ।  


प्रतिक्रिया