प्रेमीसँग मिलेर पतिको हत्या

माघ १४, २०७६ | मोरङ

प्रेमीसँग मिलेर पतिको हत्या गरेको अभियोगमा मोरङ प्रहरीले उनीहरुसहित ४ जनालाई पक्राउ गरेको छ । 

कटहरी गाउँपालिका–७ की दयावती सरदारले प्रेमी ३६ वर्षीय बद्री सरदारसँग मिलेर ४५ वर्षीय विकास सरदारको हत्या गरेकी प्रहरीले जनाएको छ । 

हत्या आरोपमा प्रहरीले दयावती र बद्रीसँगै स्थानीय ललन सरदार तथा मुकेश सरदारलाई पनि पक्राउ गरेको छ । विकासको गत माघ ५ गते राती हत्या भएको थियो । 

ललन र मुकेशले हत्या घटनामा दयावती र बद्रीलाई सहयोग गरेका दाबी प्रहरीको छ ।  


प्रतिक्रिया