पहिरोले पुरिएर एक वेपत्ता

श्रावण ९, २०७७ | गोरखा

– गोरखाको चुमनुव्री गाउँपालिका ३ सिर्दिवासका ७६ वर्षिय कान्छा गुरुङ पहिरोमा पुरिएर वेपत्ता भएका छन् । गोठमा सुतिरहेका बेला खसेको पहिरोले पुरिएर गुरुङ वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताउनुभयो । सिर्दिवास प्रहरी चौकीबाट गएको टोलीले स्थानीयको सहयोगमा उनको खोजी गरिरहेको छ ।

त्यस्तै शहिद लखन गाउँपालिका ३ की ७१ वर्षिया कृष्ण कुमारी आले मृत भेटिएकी छन् । खेतमा पानी लगाउन गएकी वृद्व हिजो साँझ मृत भेटिएपछि अनुसन्धान थालेको एसपी गुरुङले बताउनुभयो । 


प्रतिक्रिया