स्यार्पूतालमा डुबेका युवाको शव भेटियो

श्रावण १०, २०७७ | रुकुम

– स्यार्पूतालमा डुबेका युवकको शव भेटिएको छ । आज अपरान्ह स्थानीयले तालमै उनको शव भेटाएका हुन् । बाँफिकोट गाउँपालिका ५, वडगाउँका २० वर्षीय अनिल घर्तीको शव ४ दिनपछि फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । 

साउन ७ गते बल्छि खेल्न गएका घर्ती स्यार्पूतालमा डुबेका थिए । आफू असजिलोमा परेको भन्दै कराएपछि उनलाई निकाल्न गएका वडगाउँकै २३ वर्षीय लोकबहादुर घर्तीको मृत्यु भएको थियो । लोकबहादुरको शव भने सोही दिन नै फेला परेको थियो । 


प्रतिक्रिया