मोरङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

फाल्गुन १५, २०७७ | मोरङ

मोरङको केराबारी गाउँपालिका–५ पिपलचोकमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का १८ वर्षीय गजेन्द्र राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनुभयो । 

को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । 

घाइते इटहरी–३ का २२ वर्षीय राजु थापाको प्रतिष्ठानमा उपचार भईरहेको छ । ट्याक्टर र चालक इटहरी–३ का २७ वर्षीय राम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया