क्लबहाउसमा प्रहरीको फोटो दुरुपयोग गरेको अभियोगमा एक पक्राउ

असार ८, २०७८ | काठमाडौं

अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा नेपाल प्रहरीका अधिकारीको फोटो दुरुपयोग गरेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २० वर्षीय इशान श्रेष्ठ रहेका छन् । 

उनीविरुद्ध प्रहरीले अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको छ । क्लबहाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । 

पछिल्लो समय क्लबहाउसका प्रयोगकर्ता नेपालमा ह्वात्तै बढेका छन् । योसँगै विकृति पनि मौलाएको छ ।  


प्रतिक्रिया