काठमाडौंबाट ५ जना जुवाडे पक्राउ

श्रावण ४, २०७८ | काठमाडौं

जुवा खेलिरहेको अवस्थामा काठमाडौंबाट ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरी सर्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापा लगायत छन् । उनीहरुको साथबाट ३९ हजार ९ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

लामाको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई सो परिमाण बराबरको नगद र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै, नवलपरासी पूर्वको कावासोती नगरपालिका–३ स्थित शोभा विकको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय शेरबहादुर विक लगायत छन् । 

उनीहरुको साथाबाट १९ हजार २ सय ८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । विकको घरमा जुवातास खलिरहेको भन्ने सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया