बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर २ को मृत्यु

आश्विन १९, २०७८ | बर्दिया

बर्दियाको बारबर्दिया नगरपालिका–४ कुसुम्बाघाटस्थित बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । एक जनालाई सकुशल उद्दार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

नदीमा डुबेर बारबर्दिया–४ घोरपिट्टाका ३४ वर्षीय लेखनाथ पौडेल र बागलुङको बुर्तिबांगका ३४ वर्षीय हुकुम विकको मृत्यु भएको हो । सोमबार बेलुका तीनजना नदीमा नुहाउने क्रममा डुबेका मधुवन नगरपालिका–८ का ३५ वर्षीय विष्णु खरेलको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरी उपरिक्षक नर बहादुर रावतले बताउनुभयो । 

नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका बारबर्दिया–४ का पौडेलको खोजी गर्दा रुखको जरामा अडकिएको अवस्थामा शव फेला परेको छ । 

सो स्थानमा सशस्त्र प्रहरी बल कतरनियाका सशस्त्र प्रहरी निरीक्षक सर्वजित थापाको कमाण्डमा ५ र गुलरियास्थित मुख्यालयका सशस्त्र प्रहरी निरीक्षक पुर्णमान रामजालीको कमाण्डमा ९ जना गोताखोर परिचालन गरिएको थियो । 


प्रतिक्रिया