रुपन्देहीको मोतिपुर माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

पुस २९, २०७८ | तिलोत्तमा

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ मोतिपुरस्थित मोतिपुर माविका विद्यार्थीलाई लायन्स क्लव अफ लुम्बिनीले न्यानो कपडा वितरण गरेको छ । 

मोतिपुर माविका प्ले ग्रुप (शिशु) देखि कक्षा ४ सम्मका १ सय ७ जना विद्यार्थीलाई न्यानो कपडा स्वेटर वितरण गरिएको क्लबका अध्यक्ष लाल बहादुर थापाले बताउनुभयो । 

लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४३ औँ जन्मजयन्तीको अवसरमा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो । 


प्रतिक्रिया