सवारी दुर्घटनामा दुई जनाको मृत्यु

माघ २६, २०७८

झापामा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । गौरादह १ गुरुङ चोकस्थित गौरादह–पाडाजुँगी सडकखण्डमा धान बोकेको ट्रकले किचेर शिवसताक्षी नगरपालिका १ की ५३ बर्षीया हिमादेवी दाहालको मृत्यु भएको हो । 

त्यस्तै बिर्तामोड नगरपालिका ६ बुट्टाबारीस्थित म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक नगरपालिका ११ का ५४ बर्षीय दिलिप राजवंशीको मृत्यु भएको छ । भ्यानको ठक्करले घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।    


प्रतिक्रिया