बाघले आक्रमण गरेको मंगली बोटेको शव फेला

जेष्ठ २४, २०७९

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक घैलाघारी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको महिलाको शव फेला परेको छ । भरतपुर महानगरपालिमा–२३ घैलाघारीकी अन्दाजी ६० वर्षकी मंगली बोटे साथीहरू सहित निउरोको साग टिप्न सामुदायिक वनमा गएकी थिइन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार अपरान्ह मंगलीलाई बाघले आक्रमण गरेर जंगलभित्र लगेको उनीसंगै गएका अन्य साथीहरूले प्रहरीलाई जानकारी गराएका थिए । कसराबाट चारवटा हात्तीसिहत सेनाको टोली र गीतानगरको इलाका प्रहरी कार्यालयको टोली खोजतलासमा जुटेको थियो । ज तलासको क्रममा बेलुका साढे आठ बजे मंगलीको शव फेला परेको डिएसपी अधिकारीले बताउनुभयो । चितवनमा यो वर्ष बाघले मान्छेमाथि आक्रमण गरेर ज्यानै लिने घटना बढेको निकुञ्ज कार्यालयले जनाएको छ । 


प्रतिक्रिया