काभा महिला नेसन्स भलिबलमा सहभागी नेपाली खेलाडीलाई ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

श्रावण ३२, २०८१ | काठमाडौं

सरकारले काभा महिला नेसन्स भलिबल लिगमा सहभागीता जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेसनल भलिबल लिग खेलेका १४ जना खेलाडीलाई जनही ३ लाख दिने निर्णय गरेको हो ।

यसैगरी मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

काठमाडौंमा गत साता सम्पन्न लिगको फाइनल खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।


प्रतिक्रिया