चार राष्ट्र सम्मिलित महिला फुटबल च्याम्पियनसिप काठमाडौँमा सुरु

फाल्गुन ५, २०८१ | काठमाडौं

नेपालसहित चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियसिप काठमाडौँमा सुरु भएको छ ।

उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

म्यानमारले दोस्रो हाफमा तीन गोल गर्दा एक गोल फर्काएको थियो । प्रतियोगितामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तानको सहभागीता छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई समेट्दै प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताका खेलहरु राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ । शीर्ष दुई टोलीबीच फाइनल खेल यही फागुन १४ मा हुनेछ ।


प्रतिक्रिया