फोर नेसन्स् महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

फाल्गुन ५, २०८१ | काठमाडौं
काठमाडौंमा आजबाट सुरु फोर नेसन्स् महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा भएको आफ्नो पहिलो खेलमा नेपालले पाहुना टोली किर्गीस्तानमाथि १–० गोल अन्तरको जित निकालेको हो । नेपालको जितमा १० औं मिनेटमा विमला चौधरीले गरेको गोल निर्णायक बन्यो । सबिता रानामगरले दिएको पासलाई हेडीङ गर्दै चौधरीले गोल गरेकी हुन् ।
यसअघि आजै भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । म्यानमारले दोस्रो हाफमा तीन गोल गर्दा एक गोल फर्काएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई समेट्दै प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ । शीर्ष दुई टोलीबीच फाइनल खेल यही फागुन १४ मा हुनेछ ।