नेपालमा वायु प्रदूषणको समस्या विकराल बन्दै

कार्तिक २४, २०८१ | काठमाडौं

जनवरी देखी अप्रिल महिनासम्म नेपालमा वायु प्रदूषण अन्य समयको तुलनामा अत्यधिक हुने गरेको छ । विज्ञहरुका अनुसार सडकबाट निस्कने धूलो लगायत कारणले प्रदूषण बढाउने गरेका छन् । पर्यावरण र मानव स्वास्थ्यका लागि हानीकारक वायु प्रदूषणका लागि विभिन्न पहल गरिएको सरकारी निकायको भनाइ छ । तर जटिल बन्दै गएको वायु प्रदूषणको समस्या समाधानका लागि प्रभावकारी काम नभएको टिप्पणी भएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार विश्वमा वायु प्रदूषणको असरबाट वार्षिक रूपमा ७० लाख मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । विभिन्न माध्यमबाट देखा पर्ने धुलो र धुवाँ लगायतले सृजना गर्ने प्रदूषणका कारण बार्षिक रुपमा झण्डै २ अर्ब ४० करोड मानिस प्रभावित हुने गरेका छन् । सबैजसो देशका ठूला शहर र औद्योगिक नगरीलाई वायु प्रदूषणको मारमा पर्दै आएको छ । नेपालको राजधानी काठमाडौं पनि वायु प्रदूषणबाट प्रभावित हुने मध्येको एक हो जहाँ पछिल्ला वर्षहरु प्रदूषणको दर बढ्दै गएको छ । वायु प्रदुषणको मात्रा उच्च भएपछि गत वर्ष काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न स्थालमा विद्यालय बन्द गरिएको थियो । नेपालमा वायु प्रदूषण बढ्नुमा आन्तरिक सँगै बाह्य कारण समेत रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदका विज्ञ सदस्य डा. विमल रेग्मीले बताए ।

पछिल्लो केही वर्षयता नेपालमा विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा बढी मात्रामा वायु प्रदूूषण हुन थालेको छ । डब्लूूएचओको मापदण्ड अनुसार हावामा २।५ माइक्रोन वा सोभन्दा सानो व्यास भएका कण ९पीएम २।५० को वार्षिक औसत मात्रा प्रति घनमिटरमा ५ माइक्रोग्राम वा त्योभन्दा कम हुनुपर्छ । पीएम २।५ हावामा तैरने सूक्ष्म कणहरु हुन् जसले स्वासप्रश्वास प्रक्रियामा फोक्सोसम्म पुग्ने गर्दछ । खनिज इन्धन, काठ दाउरा बाल्दा र कृषि क्षेत्रबाट कणहरु निष्कने विज्ञहरु बताउँछन् । वायु प्रदूूषणका कारण पछिल्ला दिनहरुमा गम्भिर प्रकृतिका रोगहरु समेत देखिन थालेका छन् । वायुप्रदूषणले व्यक्तिमा सुरुवाती समयमा एलर्जी हुने जस्ता लक्षण देखिए पनि दिर्घकालमा भने क्यान्सरसम्म हुने छात्तिरोग विशेषज्ञ डा। निरज बम बताउँछन् ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले कोशी, बागमती, कर्णाली र सुदरपश्चिम गरि ४ प्रदेशका विभिन्न स्थानबाट वायुको गुणस्तर मापन गर्दै आइरहेको छ । ४ प्रदेशका १० स्थानमा जडान गरिएका वायु गुणस्तर मापक उपकरण मध्ये कार्णालीस्थित रारा स्टशेन बाहेक अन्य स्टेशनका उपकरणले हिउँदको समयमा प्रदूषणको दर उच्च मापन गरेका छन् । वायु प्रदूषणको विकराल समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ । त्यसका लागि देश विशेषको पहल भन्दा पनि अन्तराष्ट्रिय रुपमै अघि बढ्नुपर्ने वातावरण विद् भूपेन्द्र दासको भनाई छ ।

शहरी क्षेत्रमा वायु प्रदूषणको दर बढाउन बढ्दो सवारी साधनको भूमिका शीर्ष स्थानमा छ । डिजेल मट्टितेलबाट सञ्चालन हुने उद्योग तथा सवारीबाट निस्कने धुवाँ अर्को मुख्य कारक मानिएका छन् । यी बाहेक नेपालमा वनमा लाग्दै डढेलो र किसान आँफैले मल बनाउन डढाउने विभिन्न सामग्रीबाट पनि प्रदूषण बढेको अध्ययन प्रतिवेदनहरुको निष्कर्ष छ । वायुु प्रदूूषणकै कारण समग्र देशको स्वास्थ्य, पर्यटनबाट हुने आर्थिक लाभ लगायत पक्षमा असर पर्ने जानकार बताउँछन् । वायु प्रदूषणसँगै जलवायु परिवर्तनका असरले समेत वातावरण र मानव स्वास्थ्यमा हानी पु¥याएको छ । त्यसको न्युनिकरणका लागि नेपाल सरकारको तर्फबाट पहल भइरहेको सम्वन्धित अधिकारीहरुले बताएका छन् । केही दिनअघि मुगुको रारा ताल क्षेत्रमा आयोजित अन्तरक्रियामा वन तथा वातवरण मन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न मन्त्रालयबीच समन्वय गरी काम गर्ने तयारी गरिएको बताए ।

सामान्यतया डब्लूएचओले वायुको गुणस्तर मापनका लागि एअर क्वालीटि इन्डेक्सको प्रयोग गर्दै आएको छ । जसअनुसार वायुको गुणस्तरको सूचकांकमध्ये ० देखि ५० सम्मलाई स्वस्थकर मानिन्छ जसमा स्वास्थ्य जोखिम न्यून हुने बताइन्छ । ५१ देखि १०० सम्मको वायु गुणस्तरलाई सामान्य तथा १०१ देखि १५० सम्मलाई संवेदनशील व्यक्तिहरुका लागि अवस्थकर मानिन्छ भने १५१ देखि २०० सम्मलाई सामान्य व्यक्तिका लागि पनि अवस्थ मानिन्छ । २०१ देखि ३०० सम्मको वायु गुणस्तर धेरै अस्वस्थ हुने तथा ३०१ देखि ४०० सम्मको तहमा मापन भएको वायु गुणस्तरलाई खतरनाक मानिन्छ । जसले सामान्य व्यक्तिमा समेत गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने डब्लूएओले जनाएको छ । ४०१ देखि ५०० सम्मको वायु गुणस्तर भने अत्यधिक खतरनाक हुने अध्ययन प्रतिवेदनहरुले देखाएका छन् ।   


प्रतिक्रिया