आजका मुख्य समाचारः २०८१ फागुन २३, साँझ ०६ः ३० बजे

फाल्गुन २३, २०८१ | काठमाडौं

संघीय संसदबाट पारित भएका ५ वटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउने प्रक्रिया शुरु, दलहरुबीच सहमति गरेर भूमिसम्वन्धि अध्यादेश समेत अघि बढाइने

लोकतान्त्रिक मान्यता अनुसार पूर्व राजपरिवारलाई सुरक्षाको प्रबन्ध गरिएको सञ्चारमन्त्री गुरुङको दावी, गणतन्त्रमाथि कटाक्ष गरेर सत्तामा फर्किने गतिविधि गलत भएको टिप्पणी

चैत पहिलो साता हुने स्ववियुको निर्वाचनको तयारी तीव्र, शैक्षिक मुद्धाको साटो पार्टीगत राजनीतिले प्रश्रय पाउँदा स्ववियुको गरिमा घट्दै

रुसले युक्रेनमाथि गरेको हमलामा परि कम्तिमा १८ जना मारिए, समुद्र र हवाई युद्धविरामका लागि रुसलाई युक्रेनको आग्रह

फिफा महिला वरीयतामा नेपालको स्थानमा सुधार, बी डिभिजन लिग फुटबलको तयारी पूरा 


प्रतिक्रिया