गभर्नर पदलाई दलहरुले सौदाबाजी गरे : दीपेन्द्रबहादुर क्षेत्री, पूर्वगभर्नर

चैत्र १४, २०८१ | काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही २४ मा सकिँदै छ । योसँगै नयाँ गभर्नर नियुक्तिको विषयले बजार तताएको छ । गभर्नर पद हत्याउनका लागि अहिले विभिन्न व्यक्तिहरु राजनीतिक शक्ति केन्द्र धाइरहेका छन् ।

गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, सरकारले भखरै मात्र गभर्नर छान्न सिफारिस समिति गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिको सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल रहेका छन् । 

अर्थ मन्त्रालय र राष्ट्र बैंकले पटक–पटक नीतिगत सुधारको प्रयास गरे पनि समग्रमा अर्थतन्त्र चलायमान हुन सकेको छैन । त्यसमाथि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले ‘ग्रे लिस्ट’ मा राखेकाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साख दाउमा लागेको छ । यस्तो अवस्थामा राष्ट्र बैंकको नयाँ गभर्नर कस्तो हुनुपर्छ ? भन्ने विषयमा सर्वत्र चासो छ । 


प्रतिक्रिया