पेट्रोलियम पदार्थको मूल्य घट्यो

वैशाख १८, २०८२ | काठमाडौं
स्वचालित मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि घटेको छ । ग्याँस प्रति सिलिण्डर १५ रुपैयाँले घटेकोे नेपाल आयल निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।