सरकारको कर नीतिको विरोध गर्दै केन्यामा सर्वसाधारणको प्रदर्शन उग्र

असार १२, २०८१ | काठमाडौं

सरकारको कर नीतिको विरोधमा अफ्रिकी मुलुक केन्यामा सर्वसाधारणको प्रदर्शन उग्र बनेको छ । करवृद्धि सम्बन्धी नयाँ विधेयकको विरोधमा राजधानी नैरोबीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

प्रदर्शनकारीले संसद भवन प्रवेश गरेर आगजानी तथा तोडफोड गरेपछि प्रहरीले गोली चलाएको थियो । उनीहरुले प्रहरी विटमा समेत तोडफोड र आगजनी गरेका छन् । बीबीसीका अनुसार विरोधका बाबजुद करवृद्धि सम्बन्धी विधेयक केन्याको संसदले पारित गरेको थियो ।

१६ प्रतिशतसम करवृद्धि गरिएपछि नागरिकको दैनिकीमा गम्भीर असर पर्ने भन्दै विरोध सुरु भएको बीबीसीले जनाएको छ ।

राजधानी नैरोबी लगायत विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको भिडियो फुटेजहरु सार्वजनिक भएका छन् । सरकारले सार्वजनिक ऋण तिर्नका लागि करको दर वृद्धि गरेको थियो । 


प्रतिक्रिया