स्वीडेनमा पहिलो पटक मंकीपक्सको केस पुष्टि

श्रावण ३२, २०८१ | काठमाडौं

अफ्रिकी महाद्वीप बाहिर स्वीडेनमा पहिलो पटक मंकीपक्सको केस पुष्टि भएको छ ।

स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीका अनुसार अफ्रिकाको एउटा क्षेत्रमा बस्ने क्रममा ती व्यक्ति संक्रमित भएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकाका केही भागहरूमा सीमित मंकीपक्सको प्रकोप अब अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको केही घण्टापछि ती व्यक्तिमा मंकीपक्स पुष्टि भएको हो ।

कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तिमा ४ सय ५० जनाको मृत्यु भइसकेको छ ।

मंकीपक्स अहिले मध्य र पूर्वी अफ्रिकाका क्षेत्रहरूमा फैलिएको छ । 

स्वीडेनको जनस्वास्थ्य एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले स्वीडेनमा उपचार गरीरहेका छन् ।

मंकीपक्स शारीरिक सम्पर्क, छालाको सम्पर्क तथा कुरा गर्ने क्रममा र सास फेर्ने क्रममा सर्ने गर्दछ । मंकीपक्स लागेका एक सय मध्ये ४ जनाको मृत्यु हुने गरेकोे छ ।

अफ्रिका बाहिर स्वीडेनमा पहिलो पटक मंकीपक्स फेला परेसंगै स्वास्थ्य सम्बन्धी चिन्ता बढाएको डब्लुएचओको भनाई छ । 


प्रतिक्रिया