उपराष्ट्रपति पुन आज स्वदेश फिर्ता

आश्विन ५, २०७३ | काठमाडौं
असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन नाम मा भाग लिएर उपराष्ट्रपति नन्द बहादुर पुन आज स्वदेश फर्कनुभएको छ । उपराष्ट्रपति पुन विहान साढे ९ बजे काठमाण्डौ आउनुभएको हो ।
भेनेजुएलामा भएको नामको शिखर सम्मेलनमा भाग लिन पुन, गत भदौ २९ गते त्यसतर्फ जानु भएकोथियो । उहाँलाई प्रधानमन्त्री पुुष्पकमल दाहालले बिमानस्थनमा स्वागत गर्नुभएको छ ।
भ्रमणका क्रममा उपराष्ट्रपति पुनले बिभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधिसंग साईडलाईन वार्ता गर्नुभएको थियो । उहाँले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो, भारतका उपराष्ट्रपति हमिद अन्सारी, राष्ट्रसंघका उपमहासचिव किम ऊन सोलेसँग भेटवार्ता गर्नुभएको थियो ।
सम्मेलनमा नेपालले राष्ट्रसंघीय शान्ति तथा नि:शस्त्रीकरणको कार्यालय काठमाडौंमा पुन:स्थापना गर्न प्रस्ताब राखेको छ । नेपालको सो प्रस्ताव नामको बोर्ड बैठकमा निर्णायर्थ प्रस्तुत हुनेछ ।