११ किलो सुन तस्करी प्रकरणः ९ जनालाई थुनामै राख्न दोलखा अदालतको आदेश

मंसिर १६, २०८० | दोलखा

चिनियाँ नाका रोङजियाबाट दोलखा हुँदै भित्र्याइएको ११ किलो सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

 दोलखा जिल्ला अदालतका न्यायधीश दिल्लीरत्न श्रेष्ठको एकल इजलासले सुन तस्करीका मुख्य आरोपी चिनियाँ नागरिक दुई जनासहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

 अदालतले नेपाली नागरिक नुर्वछिरिङ शेर्पा, पेम्वा तामाङ, केशर तामाङ, चसमान तामाङ, लालबहादुर तामाङ, माधवकुमार मगर र सनद प्रधानलाई पनि थुनामा राख्ने आदेश दिएको छ ।

 यस्तै तस्करीमा संलग्न महिमा माझीलाई १ करोड ७९ लाख ४० हजार, दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र तिलक विकलाई ८८ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएको छ ।    


प्रतिक्रिया