बाँकेका चार स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

जेष्ठ ३१, २०८० | बाँके

बाँकेका चार स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका आठ मध्ये जानकी, खजुरा, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकालाई सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

असार पहिलो साताभित्र सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पाँच वर्ष मुनिका सबै बालबालिकालाई प्रत्येक महिना १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरी गत माघदेखि वैशाखसम्म खोज र खोप अभियान सञ्चालन गरिएको थियो । 


प्रतिक्रिया