अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

जेष्ठ १८, २०८१ | काठमाडौं

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०१६ को चुनावमा हस मनि ट्रायल अर्थात पैसा दिएर घटना लुकाउन गरेको प्रयासमा दोषी ठहर भएका छन । पूर्व राष्ट्रपति ट्रम्प दोषी पाइएसंगै आगामी राष्ट्रपतिय निर्वाचनको चुनावी अभियान प्रभावित हुन सक्ने बताईएको छ ।

न्युयोर्क शहरमा निर्णयक मण्डलले गरेको करिव २ महिनाको छानविन पश्चात राष्ट्रपति ट्रम्प विरुद्ध लागेका ३४ वटा मुद्धामा दोषी पाइएको हो ।

करिव २ दर्जन साक्षीसंग गत मंगलबार बयान सकिएसंगै अभियोजनकर्ता सो निष्कर्षमा पुगेका हुन् ।

वयस्क चलचित्रकी एक अभिनेत्रीसंगको सम्बन्ध लुकाउन राष्ट्रपति ट्रम्पले नक्कली कागजात तयार पारेको विषयमा ३४ वटा मुद्धा परेको थियो । सो बारे ढाकछोप गर्न राष्ट्रपति ट्रम्पले गरेको प्रयास विफल भएको छ । 


प्रतिक्रिया