हमास लक्षित आक्रमणको पुष्टि गर्न अमेरिकाले गर्यो इजरेलसँग आग्रह

जेष्ठ २५, २०८१

गाजामा हमास लक्षित आक्रमणको पुष्टि गर्न अमेरिकाले इजरेललाई आग्रह गरेको छ ।

गाजा आक्रमणमा पुर्ण पारदर्शिता अपनाउनका लागि अमेरिकाले आग्रह गरेको हो ।

गाजाको मध्यक्षेत्रस्थित विस्थापितहरुले भरिएको एउटा विद्यालयमा इजरेलले गरेको हवाई आक्रमणमा ३५ जनाको ज्यान गएपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो ।

आक्रमणमा मारिएका सबै हमास लडाकु भएको इजरेलले पुष्टी गर्नुपर्ने अमेरिकाले जनाएको हो ।

इजरेलले नुसिरात शरणर्थी शिविरको विद्यालयको छतमा लडाकु विमान मार्फत २ वटा क्षेप्यास्त्र प्रहार गरेको स्थानीय पत्रकारलाई उद्धत गर्दै बीबीसीले जनाएको छ ।

घटना पश्चात सामाजिक संजालमा विद्यायमाको कक्षाकोठा क्षतीग्रस्त भएका दृश्यहरु सार्वजनिक भएका छन् । 


प्रतिक्रिया