आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती नगर्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

असार २५, २०८१ | काठमाडौं

रुसी सेनामा भारतीय नागरिकको भर्ती अन्त्य गर्न र सेनामा कार्यरत भारतीय नागरिकको स्वदेश फिर्ता सुनिश्चित गर्न भारतले रुसलाई आग्रह गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटमा रुसी सेनामा कार्यरत भारतीय नागरिकको बारेमा चर्चा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो प्रसंग प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनसँग अनौपचारिक भेटमा उठाएको बताइन्छ ।

जसमा रुस सकारात्मक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो वार्तापछि रुसी सेनामा कार्यरत सबै भारतीयलाई बर्खास्त गर्ने रुसको निर्णयको घोषणा हुने अपेक्षा भारतले गरेको छ । सन् २०२२ को फेब्रुरुअरीमा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलो पटक प्रधानमन्त्री मोदी रुसको भ्रमणमा जानुभएको हो ।

रुसले भारतलाई कम मूल्यमा तेल र हतियारको निर्यात गर्ने गर्छ । यद्यपी, युक्रेन युद्धपछि पश्चिमाबाट अलग्गिएको र चीनसँगको बढ्दो सम्बन्धले भारतसँगको साझेदारीमा असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको टिप्पणी छ ।  


प्रतिक्रिया