आफु पुर्ण स्वस्थ रहेको बाईडेनको दावी

असार २८, २०८१ | काठमाडौं

अमेरिकी राष्ष्ट्रपति जो बाईडेनले आफु पुर्ण स्वस्थ रहेको पुन:दोहोर्याउनु भएको छ ।

उमेर र स्वास्थ्य अवस्था एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसंगको प्रतिस्पर्धात्मक क्षमतालाई लिएर प्रश्न उठिरहेका बेला राष्ट्रपति बाईडेनले आगामी कार्यकालका लागि आफु योग्य र पुर्ण तन्दुरुस्त रहेको बताउनुभएको हो ।

पत्रकार सम्मेलनमा एक्लै उपस्थित भएका राष्ट्रपति बाईडेनले आफ्नो उमेर र स्वास्थ्य अवस्था सम्वन्धी प्रश्नहरुको पटक–पटक सामना गर्नुपरेको थियो । 

यद्यपी उहाँले राष्ट्रपतिका रुपमा आफ्नो योजनाहरु पुरा गर्नका लागि चुनावी प्रतिस्पर्धामा उत्रिन लागेको बताउनुभएको छ ।

पत्रकार सम्मेलनकै क्रममा पनि राष्ट्रपति बाईडेनले उपराष्ट्रपति कमला ह्यारिसको नाम लिने क्रममा उपराष्ट्रपति ट्रम्प भनेर मौखिक गल्तिहरु गरेको बीबीसीले जनाएको छ ।

यसअघी उहाँले युक्रेनी राष्ट्रपतिको नाम भ्लादिमिर पुटिन भनेर पुनः सच्याउनुभएको थियो ।

राष्ट्रपति बाईडेनले आगामी कार्यकालका लागि अन्य उम्मेदवारलाई मार्ग प्रसस्त गरिदिनुपर्नेमा डेमोक्रेटिक पार्टी भित्रैबाट पनि दवाव बढ्न थालेको छ । 


प्रतिक्रिया