चीनको वैदेशिक व्यापार ६ महिनामा उच्च गतिले विस्तार

असार २९, २०८१ | काठमाडौं

चीनको वैदेशिक व्यापारको हिस्सा पछिल्लो ६ महिनामा उच्च गतिमा विस्तार भएको छ ।

चिनियाँ आर्थिक गतिविधीमा सुधार हुन थालेसँगै वैदेशिक व्यापारको हिस्सा उच्च दरले वृद्धि हुन थालेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ बस्तुहरुको वैदेशिक व्यापार हिस्सा ६ दशमलव १ प्रतिशतले बढेर करिव २९ खर्व ७० अर्व डलर पुगेको छ । यस्तै चीनबाट हुने निर्यात ६ दशमलव ९ र आयात ५ दशमलव २ प्रतिशतले वृद्धि भएको सिन्हुवाले उल्लेख गरेको छ ।

चीनको वैदेशिक व्यापारको हिस्सा थप बढ्न सरकारी तथ्याङ्कलाई उदृत गर्दै सिन्ह्वाले उल्लेख गरेको छ । दोस्रो त्रैमासिकमा चिनको आयात निर्यात समग्रमा ७ दशमलव ४ प्रतिशत रहेको थियो ।

चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ्स बीआरआई सम्झौता गरेका मुलुकहरुसँगको साझेदारीका कारण समग्र व्यापार हिस्सा बढेको बताईएको छ । 


प्रतिक्रिया