ट्रम्प सहभागी चुनावी ¥यालीको घटनालाई लिएर तनाव बढाउन आवश्यक छैनः बाइडेन

असार ३१, २०८१ | काठमाडौं

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी चुनावी ¥यालीमा भएको गोली प्रहारको घटनापछि वर्तमान राष्ट्रपति जो बाइडेनले राजनीतिक तनाव घटाउन जरुरी रहेको बताउनुभएको छ ।

 ट्रम्पको हत्या प्रयास भएको भन्दै तनाव बढेसँगै राष्ट्रपति बाइडेनले कोही कसैको शत्रु नभएकाले घटनालाई लिएर थप तनाव बढाउन आवश्यक नभएको बताउनुभयो । 

राजनीति शाब्दिक रणभूमि बन्न नहुने उहाँको भनाई छ । यसैबीच, ट्रम्पमाथि भएको गोली प्रहारको घटनालाई लिएर विश्वका नेताहरुले भत्सर्ना गरेका छन् । गोली प्रहारबाट ट्रम्पको कानमा चोट लागेको छ ।  


प्रतिक्रिया