चन्द्रमामा गुफा भेटियो

श्रावण १, २०८१

एक वैज्ञानिकको समूहले चन्द्रमामा गुफा भेटिएको पुष्टि गरेका छन् । इटालियन नेतृत्वको टोलीले चन्द्रमाको सबैभन्दा गहिरो खाल्डो नजिकै गुफा भएको प्रमाण फेला पारेको हो । 

वैज्ञानिकहरुले गुफा भविष्यमा अन्वेषकले आश्रयको रुपमा प्रयोग गर्न सकिने समेत बताएका छन् । ५५ वर्षअघि चन्द्रमामा अवतरण गरेका पहिलो अन्तरिक्ष यात्री नील आर्मस्ट्राङ्गले पाइला टेकेको स्थान नजिकै गुफा भेटिएको वैज्ञानिकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

वैज्ञानिकहरुले भविष्यमा अन्तरिक्ष यात्रीलाई राख्न सक्ने सयौं गुफा चन्द्रमामा हुन सक्ने समेत बताएका छन् । 


प्रतिक्रिया