दक्षिण र मध्य गाजा क्षेत्रमा इजरायलको आक्रमणः ५० प्यालेष्टाइनीको मृत्यु

फाइल फोटो  

श्रावण २, २०८१ | काठमाडौं

गाजाको दक्षिणी तथा मध्य क्षेत्रलाई लक्षित गरी इजरायलले लगातार हवाई आक्रमण गर्दा ५० जना प्यालेष्टाइनीको मृत्यु भएको छ । 

दर्जनौं घाइते भएको हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ । खान युनिसस्थित शहरमा मानवीय सहायता क्षेत्रमा समेत इजरायलका तर्फबाट आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

त्यस्तै, गाजाको मध्यभागको नुसिरातस्थित शरणार्थी शिविरमा संयुक्त राष्ट्रसंघले सञ्चालन गरेको विद्यालयमा समेत हमला भएको छ ।

 सो हमला प्यालेष्टाइनी सैन्य समूह लक्षित भएको इजरायली सेनाले जनाएको छ । सर्वसाधारणको मृत्युको विवरणबारे भने चासो राखिएको इजरेली सेनाको भनाई छ । 

गाजामा ९ महिनादेखि जारी युद्वमा हमास सेनामा आवद्व १४ हजार मारिएको इजरायलले जनाएको छ ।



प्रतिक्रिया