चीनका धनाढ्य गुओ वेन्गुई अमेरिकी अदालतबाट दोषी ठहर

श्रावण २, २०८१

१ अर्ब अमेरिकी डलर घोटालामा चीनका धनाढ्य गुओ वेन्गुईलाई अमेरिकी अदालतले दोषी ठहर गरेको छ ।

अमेरिकामा बस्दै आएका स्व–निर्वासित चिनियाँ व्यवसायी गुओलाई अदालतले आफ्ना अनलाइन अनुयायीलाई एक अर्ब डलर ठगी गरेको आरोपमा दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

उनी विरुद्ध परेको १२ वटा आपराधिक आरोपमा ९ वटामा दोषी ठहरिएका थिए । गुओको जेल सजाय नोभेम्बर १९ को लागि तोकिएको छ र उनी दशकौंसम्म जेलमा पर्न सक्ने बताइएको छ । गुओ मार्च २०२३ मा पक्राउ परेका थिए ।

उनी चिनियाँ कम्युनिष्ट पार्टीका आलोचकको रुपमा चिनिन्छन् । र, उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा ह्वाइट हाउसका पूर्व प्रमुख रणनीतिकार स्टीफन बेननका सहयोगीको रुपमा समेत काम गरेका थिए ।  


प्रतिक्रिया