बंगलादेशमा प्रदर्शन उग्र भएपछि मोबाइल इन्टरनेट सेवा बन्द

फाइल फोटो  

श्रावण ३, २०८१ | काठमाडौं

बंगलादेशमा सरकारी सेवामा कोटाको विरोधमा भएको प्रदर्शन उग्र भएपछि सरकारले आज मोबाइलमा इन्टरनेट सेवा बन्द गरेको छ ।

त्यहाँको सूचना प्रविधि मन्त्रीले अफवाह र सामाजिक सञ्जालमा अस्थिर स्थिति सिर्जना गरिएकोले मोबाइल इन्टरनेट अस्थायी रूपमा बन्द गरिएको बताएका छन् । साथै, प्रहरीले प्रदर्शन गरिरहेका विद्यार्थीलाई अश्रुग्यास समेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आज बिहान राजधानी ढाकाको बीआरएसी विश्वविद्यालय नजिकै विद्यार्थीमाथि प्रहरीले अश्रुग्यासको प्रहार गरेको थियो ।

सरकारी जागिरमा आरक्षणको विषयलाई लिएर केहीदिन देखि भइरहेको हिंसात्मक प्रदर्शनमा यस साता कम्तिमा ९ जनाको मृत्यु भएको छ । र, ५ सय बढी घाइते भएका छन् । त्यहाँस्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई सुरक्षित रहन आग्रह गरेको छ ।


प्रतिक्रिया