युरोपेली यूनीयनको अध्यक्षमा उर्सुला भोन डेर पुनः निर्वाचित

श्रावण ३, २०८१ | काठमाडौं

युरोपेली यूनीयनको प्रमुखमा उर्सुला भोन डेर लेयेन पुनः निर्वाचित हुनु भएको छ ।

 उहाँले आज स्ट्रासबर्गमा भएको मतदानमा युरोपेली संसदका ४ सय १ सदस्यको समर्थन प्राप्त गर्नुभएको हो । 

युरोपियन पिपुल्स पार्टीकी नेतृ भोन डेर लेयेन पहिलो पटक सन् २०१९ मा निर्वाचित हुनुभएको थियो । अब उहाँले इयुको नेतृत्वमा पाँच वर्ष काम गर्नुहुनेछ । 

मतदान अघि सांसदहरूलाई सम्बोधन गर्दै भोन डेर लेयनले युरोपको रक्षाको लागि सैन्य खर्च बढाउने र जलवायु परिवर्तनसम्बन्धी लक्ष्यमा अडिग रहन प्रतिवद्व रहने बताउनु भएको थियो ।  


प्रतिक्रिया