बंगलादेशमा सरकारी कोटाको विरोधमा प्रर्दशन हिंसात्मक बन्दै

श्रावण ४, २०८१ | काठमाडौं

बंगलादेशमा सरकारी कोटाको विरोधमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि सुरक्षा सतर्कता उच्च पारिएको छ ।

बंगलादेशको राजधानी ढाकामा इन्टरनेट सेवा अवरुद्ध गरिनुका साथै टेलिफोन लाइन समेत बन्द गरिएको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले हिजो सांझ बंगलादेशको सरकारी टेलिभिजन बीटीभीभित्र पसेर तोड्फोड समेत गरेका छन् । 

टेलिभिजन भवनको फर्निचर, झ्याल, बत्तीहरु तोडफोड गरिनुका साथै केही भागमा आगजनी समेत भएको जनाइएको छ । 

घटनापछि टेलिभिजनको प्रशारण बन्द गरिएको त्यहांको संचार मन्त्रालयले जनाएको छ ।

आधाभन्दा बढी कर्मचारी टेलिभिजनको भवनबाट भागेका थिए ।

बीटीभीले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै टेलिभिजनको भवनभित्र धेरै जना फसेको र आगो निभाउन अग्नि नियन्त्रकलाई अपिल गरेको थियो ।

केहीदिन देखि जारी प्रदर्शनका कारण ३२ जनाको मृत्यु भएको जनाइएको छ ।

बंगलादेशको स्वतन्त्रताका लागि लडेकाहरुको परिवार तथा सत्तारुढ दल समर्थितहरुका लागि आधाभन्दा बढी कोटा निर्धारण गरिएको भन्दै विरोध प्रदर्शन भएको हो ।


प्रतिक्रिया