कोभिडपछि भारतमा महिलाको आयुमा गिरावट

श्रावण ५, २०८१ | काठमाडौं

भारतमा कोभिड महामारीपछि पुरुषको तुलनामा महिलाको आयु घटेको एक सर्वेक्षणले देखाएको छ ।

बेलायत, अमेरिका र युरोपका १० अनुसन्धानकर्ताको टोलीले भारतमा लिङ्ग, सामाजिक समूह र उमेरका आधारमा महामारीको मृत्युदरको प्रभावका बारे गरेको अध्ययनले महिलाको आयु घटेको देखाएको बीबीसीले जनाएको छ ।

भारतमा सन् २०१९ को तुलनामा २०२० मा जन्मदरमा आयु २ दशमलव ६ वर्ष कम र मृत्युदर १७ प्रतिशत बढी रहेको सर्वेक्षणले देखाएको छ । सन् २०२० मा ११ लाख ९० हजार बढीको मृत्यु भएको देखाएको छ ।

डब्ल्यूएचओले भारतमा ४७ लाखले कोभिडका कारण ज्यान गुमाएको अनुमान गरेको छ जुन आधिकारिक तथ्यांकको लगभग १० गुणा हो ।

सबै उमेर समूहमा मृत्युदर बढेको सो सर्वेक्षणले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय, बर्कले र पेरिस स्कूल अफ इकोनोमिक्स लगायत अनुसन्धानकर्ताले भारतमा विशेषाधिकार प्राप्त उच्च जातिहरुको तुलनामा सीमान्तकृत मुस्लिम, दलित र जनजातिको आयुमा ठूलो गिरावट आएको बताएका छन् ।


प्रतिक्रिया