बंगलादेशमा जारि हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको १ सय ५ पुग्यो

फाइल फोटो  

श्रावण ५, २०८१ | काठमाडौं

बंगलादेशमा यसै साता भएको हिंसात्मक झडपमा परि हताहत हुनेको संख्या १ सय ५ पुगेको छ ।

सो हिंसामा परि १ हजार बढी घाइते भएको त्यहाँको अस्पताललाई उदृत गर्दै द टेलिग्राफले जनाएको छ । सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा विश्वविद्यालयका विद्यार्थीले गरेको प्रदर्शन उग्र बनेपछि सरकारले कफर््यू जारी गरेको थियो । राजधानी ढाकामा कर्फ्यूका बाबजुद विरोध प्रदर्शन जारी छ ।

बिहीबारदेखि त्यहाँ मोबाइल इन्टरनेट र टेलिफोन लाइन समेत ठप्प छन् । सरकारले सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइए पनि विरोध प्रदर्शन जारी छ । नरसिङदी कारागारमा भएको आक्रमणपछि सयौं कैदी बाहिरिएसंगै प्रधानमन्त्री कार्यालयले कर्फ्यूको घोषणा गरेको हो ।

बस र रेल सेवा पनि रोकिएको छ । बंगलादेशका विद्यालय र विश्वविद्यालय पनि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका छन् । विद्यार्थीले कोटा प्रणाली भेदभावपूर्ण रहेको भन्दै योग्यताका आधारमा भर्ना गर्न माग गर्दै प्रदर्शन जारी राखेका छन् । सरकारले सो विषयलाई लिएर वार्ताका लागि आह्वान गरेपनि विद्यार्थीले भने बहिष्कार गरेका छन् । ढाका सहित विभिन्न २६ वटा जिल्लामा हिंसा भड्किएको छ । 


प्रतिक्रिया