बंगलादेशमा आजपनि कर्फ्यु जारी

फाइल फोटो  

श्रावण ६, २०८१

बंगलादेशमा सरकार विरद्धको प्रर्दशन उग्र बनेपछि लागेको कर्फ्यु आजपनि जारी छ ।

गत शुक्रबार साँझदेखि लागेको कर्फ्यु आजपनि जारी राखिएको हो ।

सरकारी जागिरमा कायम आरक्षण प्रणालीको विरोधमा विश्वविद्यालयका विद्यार्थीले गरेको प्रदर्शनका क्रममा अहिलेसम्म १ सय १४ जनाको मृत्यु भएको छ ।

त्यहाँ मोबाइल इन्टरनेट र टेलिफोन लाइन समेत ठप्प छन् । विश्वविद्यालय र कलेजहरु बुधबारबाटै बन्द गरिएको छ ।

राजधानी ढाकाका सडकहरुमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । 


प्रतिक्रिया