अमेरिकाको राष्ट्रपतिय निर्वाचनबाट पछि नहट्ने बाइडेनको अडान कायमै

श्रावण ६, २०८१ | काठमाडौं

पार्टीको आन्तरिक दवावकाबीच अमेरिकीराष्ट्रपति जो बाईडेनले आगामी नोबेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनबाट पछि नहट्ने अडान कायमै राख्नुभएको छ ।

कोरोना संक्रमणका कारण आईसोलेसनमा रहेका राष्ट्रपति बाईडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनबाट पछि नहट्ने बताउनुभएको हो ।

पार्टीका दुई सिनेटर र कांग्रेस सदस्यहरूको समूह सहित १२  डेमोक्रेट नेताहरुले राष्ट्रपतिलाई निर्वाचनबाट पछि हट्न दबाब दिँदै आएका छन् ।

तथापी ८१ वर्षीय बाईडेनले निर्वाचनमा आफ्नो सहभागिता रहने र आफुले जित्ने बताउनु भएको छ । बाईडेन अर्को साताबाट निर्वाचन प्रचाप्रसारका लागि कार्यक्रममा निस्कनु हुने ह्वाईटहाउसले उल्लेख गरेको छ । 


प्रतिक्रिया